चितवन विशेष

माडीमा नेकपा एमालेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रम

Banner

माडी,असोज, २५-

नेपाल कम्युनिष्ट पार्टी एमाले माडी नगर कमिटीको आयोजनामा दशैं, तिहार,छठ,नेपाल सम्वत् लगायतका चाडपर्वहररुको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज सोमबार माडी वसन्तपुरमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सहईञ्चार्ज काशिनाथ अधिकारीले चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै अहिले देश दक्षिणपन्थीहरुको शिविर बनेकोले नेकपा एमालेका कार्यकर्ताहरु सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।


विधान महाधिवेशनले पारित गरेका कार्ययोजनाहरुलाई जनतामा गएर कार्यान्वयन गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन गर्दै उहाँले जबजको मार्गनिर्देशनअनुसार समाजवादको आधार तयार गर्न र दक्षिणपन्थीको शिविर भत्काएर समृद्ध नेपाल,सुखी नेपालीको मर्म र भावनाअनुसार अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

चियापान एवम् शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले नेपाली चाडहरुको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै नेकपा एमालेको विधान महाधिवेशनले महत्वपूर्ण नीतिगत निर्णय गरेको जनाउँदै पार्टीको निर्णय कार्ययोजनालाई जनताको घरदैलोमा पुर्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पार्टीभित्र देखिएका समस्या र गुटबन्दीलाई पार्टीको विधान र केन्द्रीय निर्देशनअनुसार अगाडि बढाउने जानकारी दिंदै अध्यक्ष रावलले १० बुँदेलाई सिर्जनात्मक र रचनात्मक रुपले अगाडि बढाएर पार्टीको आन्तरिक जीवन सुदृढीकरणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका वाग्मती प्रदेश सदस्य कृष्ण भुर्तेलले फुटले कसैको उन्नति र प्रगति नहुने भएकाले नेकपा एमालेमा नै समाहित भएर अगाडि बढ्न बाटो बिराएकाहरुलाई आग्रह गर्नुभयो ।

वाग्मती प्रदेश कमिटीका सदस्य एवम् चितवन जिल्ला सचिव प्रकास खनाल शैलेसले नेकपा एमालेको विधान महाधिवेशनले स्पष्ट दिशानिर्देश गरेको हुनाले केही साथीहरुले अलग पार्टी बनाउँदैमा नेकपा एमालेलाई ठुलो असर नपर्ने बताउनुभयो ।

नेकपा एमाले चितवन जिल्ला कमिटि सदस्य एवम् क्षेत्रीय अध्यक्ष श्यामकुमार विष्टले सङ्कटको समयमा दृढतापूर्वक लाग्ने पार्टी निर्माणमा लागिरहने कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गर्दै सामान्य मतभेदका विषयलाई छलफलबाट समाधान गरेर पार्टी र पार्टीको विचारलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष रेशमलाल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य उमाकान्त शर्माले , माडी नगरपालिकाकी उपमेयर ताराकाजी महत्तो, माडी नगरपालिका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरि सुवेदी,वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी माडी नगर कमिटी सदस्य एवम् युवा नेता श्रीप्रसाद दवाडी लगायतले दश बुँदेको मर्म र भावनाअनुसार पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>