गण्डकी

घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु

Banner

कास्की, असोज २५-

पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ ।

पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीपमा चालकसहित १० यात्रु सवार रहेका र  जीप चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ  । स्थानीयवासीका अनुसार एक जनाको जीवितै उद्धार गरिएको  छ  ।

मृतकहरुको सनाखत हुन सकेको छैन । दशैंको छुट्टिमा पदयात्रामा हिंडेकाहरु दुर्घटनामा परेको बताइएकाे छ । काठमाडौंबाट घान्द्रुक घुम्न आएकाहरु दुर्घटनामा परेका बताइन्छ ।

मृतकको शव क्षतविक्षत भई चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>