देश/प्रदेश
मासु व्यवसायी मगर हत्याको घटनाले जिल्लामा त्रास सिर्जना
०
झापा, असोज २५-
जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ । अर्जुनधारा नगरपालिका–६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।
बङ्गुर फ्रेस हाउस चलाउँदै आउनुभएका उहाँको घाटी र हातमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो । बडादसैंकै बीचमा मगर हत्याको घटनाले जिल्लामा थप त्रास सिर्जना भएको छ ।
परिवारले उहाँको साथमा रु दुई लाख रकम भएको जनाएको छ । परिवारका अनुसार उहाँले सोही दिन मात्र दुईवटा बङ्गुरको मासुसमेत बिक्री गर्नुभएको थियो । सोही पैसा लुट्न उहाँको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























