देश/प्रदेश
पानीमा डुबेर युवकको मृत्यु
०
तुलसीपुर, असोज २२-
पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो ।
आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























