खैरहनी

चितवनमा माओवादी केन्द्रलाई अर्को धक्का, जिल्ला सदस्य एमालेमा प्रवेश

Banner

चितवन,असोज ९-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा उनकै पार्टीलाई अर्को धक्का लागेको छ । नेकपा माओवादी केन्द्र जिल्ला सदस्यसहित २५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र जिल्ला सदस्य सुरेन्द्र वस्नेतसहित २५ जना एमालेमा प्रवेश गरेका हुन् । खैरहनी ४ मा शनिवार एक कार्यक्रमका बीच नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य जेएन थपलियाले टिका लगाएर उनीहरुलाई पार्टी प्रवेश गराए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै प्रतिस्पर्धीका रुपमा चुनावमा लड्न सक्ने उनकै पूर्व सहकर्मी रामवहादुर थापा वादलले वताएको भोलीपल्ट केन्द्रका जिल्ला सदस्य एमालेमा प्रवेश गरेका हुन् । केही दिन अघि मात्रै इच्छाकामनामा माओवादी केन्द्रका जिल्ला सदस्य एमालेमा प्रवेश गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले एक जना वडा सदस्य समेत जित्न सकेको थिएन भने चारै पालिकामा नेकपा एमालेले जित हात पारेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>