चितवन विशेष

चितवनमा गाडीको ठक्करबाट चितुवाको मृत्यु

Banner

चितवन, असोज ६-
इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।

मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो ।

आफुहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गरिएको बताउनुभयो ।

माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उहाँले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>