देश/प्रदेश

प्रदेश २ सरकारले यसपटक पनि संविधान दिवस नमनाउने

Banner

जनकपुरधाम, असोज २-

प्रदेश २ सरकार पछिल्ला वर्ष लगातार संविधान दिवस मनाएको छैन ।

संविधानलाई मान्दै आएको कांग्रेस र माओवादीलाई सरकारमा समावेश गराइए पनि सरकारले संविधान दिवस नमनाउने भएको छ ।

‘संविधान दिवस मनाउने समय अहिले भएको छैन्’ संविधानभित्र हामी छौं र सरकारलेनेतृत्व पनि गरिरहेको छ । त्यसैले संविधान सेलिब्रेट गर्ने समय अहिले नभएको मुख्यमन्त्री लालबाबु राउतले बताए ।’

संविधानमा अहिले पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, केहि मौलिक हकअधिकार हुँदा हुँदै पनि संविधानमा रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने उनको भनाइ छ ।

सत्ता गठबन्धनका सहयात्री नेपाली कांग्रेसबाट मन्त्री बनेका रामसरोज यादवले भने, ‘यस सम्बन्धमा कुनै औपचारिक जानकारी छैन् । कार्यक्रम तय भएको भए, मलाई पनि जानकारी आउँथ्यो, तर अहिलेसम्म जानकारी प्राप्त भएको छैन् ।’त्यसैले उनले पनि कुनै कार्यक्रम नगर्ने  बताए ।

मुख्य सचिव हरिप्रसाद मैनालीका अनुसार संविधान दिवसका दिन आइतबार बिहान जानकी मन्दिर सरसफाइ गर्ने कार्यक्रम छ । यसबाहेक सरकारी कार्यालयहरुको पनि सरसफाइ गर्ने कार्यक्रम निर्धारण गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>