नवलपरासी

चितवनका पत्रकारलाई नवलपरासीमा स्वागत

Banner

नवलपुर,असोज २-

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा चितवनका पत्रकारलाई जिल्ला शाखा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० र ९बर्दघाट–सुस्तापश्चिम०मा स्वागत गरिएको छ । नवलपरासी पूर्वका शाखा अध्यक्ष वीरेन्द्र पराजुलीसहितको टोलीले चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको नेतृत्वमा आएको पत्रकारको टोलीलाई जिल्लामा स्वागत गरेको हो ।

स्वागतका क्रममा चितवनका अध्यक्ष अधिकारीले आम सञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा बन्ने भनेर कुरा भइरहेको उल्लेख गर्दै त्यसका लागि नवलपुर शाखालाई सहयोग गर्न आग्रह गर्नुभयो । “आम सञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा बन्ने कुरा भइरहेको छ, यो चितवन तथा नवलपरासीका लागि खुसीको कुरा हो”, अध्यक्ष अधिकारीले भन्नुभयो, “यसका लागि नवलपरासी पूर्वको जिल्ला शाखाको समेत साथ र सहयोग आवश्यक छ, तपाईंहरुको सहयोग भएको खण्डमा चितवनमा प्रतिष्ठान निर्माण हुनसक्छ ।” सबै जिल्लाबाट चितवन सहज पर्ने भएकाले बन्ने भनिएको प्रतिष्ठान निर्माणका लागि अधिकारीले सहयोग गर्न आग्रह गर्नुभएको हो ।

सो अवसरमा जिल्ला शाखा नवलपरासी पूर्वका अध्यक्ष पराजुलीले आम सञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा बनाउनका लागि आफ्नो जिल्लाबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने बताउनुभयो । “चितवन र नवलपरासी छिमेकी जिल्ला हुन्, चितवनमा प्रतिष्ठान निर्माण हुँदा नवलपरासीका धार्मिक, पर्यटकीय क्षेत्रको समेत प्रचारप्रसार तथा विकासमा टेवा पुग्छ”, पराजुलीले भन्नुभयो, “चितवनमा प्रतिष्ठान निर्माणका लागि हाम्रो सहयोग जहाँ आवश्यक पर्छ त्यहाँ पुगेर सहयोग गर्न तयार छौँ ।” दुवै छिमेकी शाखाले एकअर्कालाई आवश्यक सहयोग गरेर अगाडि बढ्नुपर्ने पराजुलीले बताउनुभयो ।

यसैबीच, शुक्रबार नै चितवनका पत्रकारलाई पत्रकार महासङ्घ नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा समेत स्वागत गरिएको छ । शाखा अध्यक्ष हरि शर्मासहितको टोलीले चितवनका पत्रकारलाई स्वागत गर्नुभएको हो । स्वागत गर्दै अध्यक्ष शर्माले चितवनलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

सो क्रममा शर्माले भन्नुभयो, “चितवनको वाल्मीकि क्षेत्रसँग नवलपरासी पश्चिम जोडिएको छ, त्यसैले चितवन शाखालाई हामीले आवासीयरुपमा बस्ने गरी स्वागत गर्न हामी आतुर छौँ, तपाईंहरु समय मिलाएर आउनू ।” नवलपरासी पश्चिमको अतिक्रमित भूमि सुस्ता, ऐतिहासिक धार्मिकस्थल वाल्मीकि आश्रम, भगवान् बुद्धको ऐतिहासिक क्षेत्र बुद्ध स्तूपालगायतका महत्वपूर्ण ठाउँबारे चितवनका पत्रकारलाई समेत जानकारी हुनुपर्ने उल्लेख गर्दै शर्माले चितवनका पत्रकारलाई निमन्त्रणा गर्नुभएको हो ।

सो क्रममा चितवनका अध्यक्ष अधिकारीले चितवनमा बन्ने आम सञ्चार प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि नवलपरासीको साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो । राजधानी बाहिर जिल्ला शाखाको आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्ने पहिलो शाखाका रुपमा नेपाल पत्रकार महासङ्घ नवलपरासी रहेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>