बजार

भोलिबाट ‘निसान लिफ’ विद्युतीय कारको टेस्ट ड्राइभ सप्ताह सुरु

Banner

चितवन, भदौं २७-

निसान कम्पनीले जापानमा उत्पादन गरेको बिधुतीय बाहन ’निसान लिफ’ अब काठमाडौँमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ ।

कम्पनीले आज प्रेषित गरेको विज्ञप्ति अनुसार नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता ’पायोनीयर मोटो कर्प’ ले निसान लिफ को टेस्ट ड्राइभको लागि यहि भाद्र २८ गते देखि असोज ४ गते सम्म ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ संचालन गर्न लागेको हो ।

यस सप्ताहमा इच्छुक ग्राहकले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मूल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कुरा कम्पनीले जानकारी दिएको छ । यो टेस्ट ड्राइभ सप्ताह यही भदौं २८ गते देखि असोज ४ गते सम्म निसान कम्पनीको काठमाडौँमा रहेको (थापाथली तथा उत्तर ढोका) शोरूममा बिहान १० बजे देखि सुरु हुनेछ ।

अहिलेको परिस्थितिमा निसान कम्पनीले एउटा वातावरण मैत्री सवारी साधनलाई नेपाल प्रबेश गराउनुलाई ग्राहकले एउटा सराहनीय कदमको रुपमा लिएको कम्पनीले जानकारी गराएको छ । नेपाल भित्रिनु भन्दा पहिले नै यो गाडीको विश्वभर १० बर्षभन्दा बढी परीक्षण भइसकेको छ । यस अवधिमा विश्वमा पाँच लाख भन्दा बढी निसान लिफ बिक्री भैसकेको छि भने निसान लिफ ले विश्वभर १२ अर्ब किलोमिटरको यात्रा तय गरिसकेको विज्ञप्तिमा जनाइएको छ ।

निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ । यस गाडीको चार ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु (एबीयस , इबीडी तथा बीए) ले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको तथा यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ । यस गाडीको ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेण्टी प्रदान गरिरहेको छ जुन कुनै पनि अरु गैर बिधुतीय गाडीको तुलनामा ग्राहकहरुलाई धेरै किफायती साबित हुनेछ ।

निसान लिफ ४० किलोवाट हावर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ किमी सम्मको दूरी तय गर्न सक्छ । एसको इलेक्ट्रिक मोटरले १५० पी एस र ३२० एन एम टोर्क प्रधान गर्दछ । त्यस्तै गरी निसान लिफ ० देखि १०० किमी÷घण्टा ७।५ सेकेन्ड मा जान सक्छ र एसको अधिकतम गति १४० कि मि÷घण्टा छ । नेपालमा एउटा अत्याधुनिक तथा वातावरण मैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ ५९।९९ लाख रुपैयाँमा उपलब्ध गराइरहेकोे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>