राजनीति

प्रभु साहले सभामुख सापकोटालाई अपराधी भनेपछि…

Banner

काठमाडौं,भदौं १७-

पूर्वमन्त्री प्रभु साहले सभामुख अग्निप्रसाद सापकोटालाई अपराधीको संज्ञा दिनुभएको छ । बुधबार भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई विशेष सम्बोधन गर्नुहुँदै उहाँले सम्मानित ओहोदामा बसेको सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुको सट्टा तल्लो स्तरको कार्यकर्ताको भूमिका देखाएको आरोप लगाउनु भएको हो ।

साहले भन्नुभयो, ‘अहिले देख्न सकिन्छ, सभामुख जस्तो देशको एउटा सम्मानित ओहोदामा बसेको व्यक्ति जो तटस्थ रहनुपर्नेछ । तर खुलेआम रुपमा सभामुखले पदीय मर्यादा विर्सेर एउटा दलको तल्लो स्तरको कार्यकर्ताको भूमिकामा सीमित बनेको छ ।’

बैठकको निर्णय विना नै प्रचण्डको एकल पत्रको आधारमा आफूसहितका सांसदहरुलाई पदमुक्त गरेको सूचना टाँस्न थोरै पनि ढिलाई नगर्ने सभामुखले विधि पुर्वक दर्जनौँ सांसदलाई पदमुक्त गर्ने निर्णय पठाउँदा पनि सूचना नटासेको बताउनुभयो ।

सभामुखको अमर्यादित हर्कतले वर्तमान व्यवस्था नै मजाक बनेको उहाँको ठहर छ । सभामुख सापकोटाले कानून निर्माणदेखि कानूनको कार्यान्वयन अनुगमन गर्ने सम्मानित सदनको समेत अपमान गरेको उहाँको भनाइ छ ।

बुधबार बसेको आईटी आर्मीको बैठकले संगठन विस्तारलाई तीव्रता दिदै कार्य विभाजन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>