नवलपुर

नवलपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने

Banner

कावासोती,भदौं १७-

नवलपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने भएको छ । भदौ १८ गते देशभर एकैदिन वडा तहको वडा अधिवेशन गर्ने भएपनि नवलपुरमा भने निर्धारित मितिभन्दा ढिला हुने भएको हो ।

अधिवेशनको लागि आवश्यक तयारी नपुगेको भन्दै २१ गते एकैदिन जिल्लाका सबै वडामा अधिवेशन गर्ने निर्णय गरिएको नेपाली कांग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“वडा तहको अधिवेशनका लागि तयारी पुगेको छैन्, केन्द्रमा पनि १८ गर्ने कि २२ गर्ने भन्ने अन्यौल छ, हामीले २१ गते जिल्लाका बसै वडामा एकैदिन अधिवेशन गर्ने निर्णय गरेका छौं ।

निर्वाचन अधिकृत गोविन्द सिग्देलको उपस्थितिमा बसेको बैठकले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको घिमिरेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>