Breaking News

नवलपरासीको दाउन्नेमा ठूलो पहिरो खस्यो, सडक अवरुद्ध

Banner

नवलपुर,भदौं १४-

पूर्वपश्चिम राजमार्गको पश्चिमी नवलपरासीको दाउन्नेमा ठूलो पहिरो खसेको छ । पहिरोको कारण सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार अविरल वर्षाका कारण करिब १०० मिटर लामो पहिरो खसेको हो ।

पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जाने सबै सवारीसाधन बाटोमा नै रोकिएका छन । अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउने समय लाग्ने र रातिसम्ममा सडक सञ्चालन हुन सक्ने सम्भावना रहेको प्रहरीका भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>