राजनीति
तरुण दल कञ्चनपुरका उपाध्यक्ष एमाले प्रवेश, ओलीले गरे स्वागत
०

कैलाली,भदौं १३-
नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गरेका छन् । आज एक कार्यक्रमबिच एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टी प्रवेश गराएका हुन् ।
उनको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारदमुनि राना, लीला भण्डारी, निरु पाल र अर्जुन ढकाललगायतको उपस्थिति थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























