नवलपुर

नवलपुरको मध्यविन्दुबाट ७ जना जुवाडे पक्राउ

Banner

नवलपुर,भदौं १३-

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ मैनाघाटबाट नवलपुर प्रहरीले शनिबार तास खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । ५९ हजार ८ सय ९० रुपैयाँ नगद र ३ बुक तास सहित ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी मधुसुधन सिंहले बताए ।

प्रहरीले तासको खालबाट मध्यबिन्दु १३ मैनाघाट बस्ने वर्ष ३८ को डोल बहादुर सारु, वर्ष ४३ को बलबहादुर सारु, वर्ष ३५ को बिरेन्द्र थापा, वर्ष ३६ को सूर्यप्रसाद खनाल, वर्ष ४० को टुल बहादुर सारु, वर्ष २८ को यम सोमै र लमजुङ जिल्लाको बेसिशहर नगरपालिका ११ चिति बस्ने वर्ष ४२ को सुवास बाबु पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>