देश/प्रदेश
‘पार्टी एकढिक्का भएर आगामी चुनावमा जानुपर्छ: शंकर भण्डारी
०

दमौली, भदौ १२–
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टी एकढिक्का नभएसम्म आगामी चुनाव जित्न नसकिने बताउनुभएको छ । कांग्रेस शुक्लागण्डकी नगरपालिका–५ मा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री भण्डारीले आगामी चुनावमा पार्टी एक ढिक्का भएर जानुपर्छ भन्नुभयो ।
“व्यक्ति र समूहमा ध्यान दिन थालियो भने पार्टी एकढिक्का हुन सक्दैन, पार्टी एकढिक्का हुन नसके आगामी चुनाव जित्न सक्दैनौ”, भण्डारीले भन्नुभयो ।
विगतमा जस्तो अवस्था अब हुन नहुने भन्दै उहाँले अबको चुनावमा सबै सिट जित्नका लागि कांग्रेस कार्यकर्ता सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । पूर्वमन्त्री भण्डारीले जिल्लामा कुनै नेतासँग नजिक रहेकाहरुलाई वाइपास गर्न खोजिएको भन्दै सबैलाई सङ्गठित गराएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























