वागमती

हिरासतमा रहेका थुनुवा प्रहरीलाई लात्ताले हानेर भागेपछि…

Banner

काभ्रे,भदौ ९-

प्रहरीलाई लात्ताले हानेर जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन्। पूर्पक्षका लागि जिल्ला कारागार ल्याउने क्रममा प्रहरीलाई लात्ताले हानेर काभ्रे महाभार ६ का सुनिल बाइवा फरार भएका हुन्। उनी चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए।

जिल्ला प्रहरी कार्यालयले बाइवा फरार भएको स्वीकार गरेको छ। प्रहरीका अनुसार उनले पानी प्यास लागेको बताएका थिए। पानी खान दिँदा हतकडी टाइट भयो लुज गर्दिनुस् भनेपछि प्रहरीले लुज गर्न खोज्दा लात्ताले हानेर उनी फरार भएका हुन्।

उनको खोजी तिब्र पारिएको काभ्रे प्रहरीले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>