राजनीति

बाटो नभएको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण पाइने

Banner

काठमाडौं,भदौं ८-

अब मोटर बाटो नभएको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ । यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको हो ।

जग्गा धितोमा ऋणी लगानी गर्दा मोटरबाटो नभएका जग्गाहरु बैंकको प्राथमिकतामा पर्दैन थिए । १ करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यवसाय बाहेक)सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने समेत राष्ट्र बैंकले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>