नवलपुर

गैँडाकोटको विजय एफएम १८ औँ वर्षमा

Banner

गैँडाकोट, भदौं ५-

गैँडाकोट विजय एफएम आजदेखि १८ औँ वर्षमा प्रवेश गरेको छ ।

विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारीको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामूदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफएम सञ्चालन गरेको हो ।

जिल्लाकै पहिलो र बढी प्रसारण क्षमता रहेको यस रेडियोले ‘सत्य–तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावनालाई आत्मसात् गर्दै कार्यक्रमहरूलाई अघि बढाएको छ ।

रेडियोले १७ वर्षको यस यात्रामा विपन्न समुदायको आवाज, समावेशी आवाज र विकासका लागि सञ्चारको भूमिकाका रूपमा काम गर्दै आएको छ । वार्षिकोत्सवको पूर्वसन्ध्यामा रेडियोले विगतका वर्षहरुमा विभिन्न संघसंस्थासँग अन्र्तक्रिया गर्दै समाजको आवश्यकता र समस्याका बारेमा अन्तक्रिया गर्दै आएको थियो । कोभिड–१९ को कहरका बीच भौतिकरुपमा स्रोता आफन्त समक्ष जान असमर्थ रहे पनि रेडियो र आवाजका माध्यमबाट जनचासोका सवालहरुमा काम गर्न संस्था प्रतिबद्ध रहेको संस्थाका अध्यक्ष भूमिराज चापागाईंले बताए । कोरोना त्रासका बीच भव्य कार्यक्रम गर्न नसकिएको जनाउँदै उनले रेडियोलाई यस स्थानसम्म ल्याई पु¥याउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन् । अध्यक्ष चापागाईंले सामुदायिक रेडियोले यस वर्ष जनस्वास्थ्यका सवालहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने समेत बताएका छन् ।

रेडियोले अहिले पनि विजय विकास स्रोत केन्द्रसँगको सहकार्यमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम उत्पादन गरेर जिल्लाका अन्य सञ्चारमाध्यमबाट प्रसारण गर्दै सचेतना फैलाउने काम गरिरहेको सामुदायिक रेडियो विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताए । म्यानेजर उपाध्यायले कोभिड–१९ का कारण समुदाय नराम्रोसँग प्रभावित बनिरहेको अवस्थामा कोभिडपछि अवस्था र कोभिड न्यूनीकरणका लागि रेडियोसँग हातेमालो गरेर अघि बढ्न सबै संघसंस्थालाई आग्रह समेत गरेका छन् । सामुदायिक रेडियो तथा पत्रिकाले अहिले पनि शिक्षा, स्वास्थ्य, वित्तीय शिक्षा, विकास र सुशासन, मनोरञ्जनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
एफएमले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र सञ्चारमा सबैको पहँुच विस्तारका लागि विगत १७ वर्षदेखि अनवरतरूपमा रेडियो तरङ्गमार्फत् सेवा पु¥याउँदै आएको छ । स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैङ्गिक हिंसाको, न्यूनीकरण एवम् नागरिकको विकासका लागि अविश्रान्त र अविचलित भई सशक्तरूपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ ।

यसैगरी यस सहकारीले विसं. २०७२ सालबाट विजय खबर पत्रिका सञ्चालन गरेको छ । सञ्चारका यी दुवै माध्यमबाट यस सहकारीले समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण, समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आएको विजय एफएम तथा विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिराज चापागार्इंले बताए ।

कोभिड–१९ का कहरकाबीच रेडियो सञ्चालनमा चुनौती भए पनि व्यवसायिक पत्रकारिताको सुरक्षा र व्यवस्थापनका लागि आफूहरु कटिबद्ध र सचेत रहेको संस्थाका सचिव गिरिराज लम्सालले बताए । कोभिडका कारण विभिन्न क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्नु र त्यसको सिधा असर रेडियोको आन्तरिक स्रोतमा परिरहेको छ । यस्तो अवस्थामा संस्थागतहित कायम गर्दै पत्रकारको रोजगारीको सुरक्षालाई बडो गम्भीरतपूर्वक लिएर काम गरिरहेको संस्थाका कोषाध्यक्ष भानु रिमालले बताए । कोभिड कहरकाबीच रेडियोले वार्षिकोत्सव स्टुडियो केन्द्रित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>