अन्तर्राष्ट्रिय
काबुल विमानस्थलमा गोली चल्दा कम्तिमा ५ जनाको मृत्यु
०

एजेन्सी,साउन ३२-
अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । अमेरिकी सेनाको गोली लागेर कम्तिमा ५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
तालिबानले अफगानिस्तान कब्जा गरेपछि काबुल विमानस्थलमा चर्को भीड देखिएको हो । विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि सेनाले पनि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ । अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























