Breaking News

ओलीले हप्काएपछि गुण्डुमै ढले मुख्यमन्त्रीका दाबेदार जेएन थपलिया

Banner

काठमाडौं, साउन १९-

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार मध्यरातमा अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा ढलेको पाइएको छ । बागमती प्रदेश सरकार गठनका विषयमा थपलियासहित एमालेका बागमती प्रदेशका सांसदहरूलाई सामूहिक छलफल गर्न ओलीले बेलुका ७ बजे गुण्डु बोलाएका थिए ।

सरकार गठन गर्न नसकेको, संसदीय दललाई राम्रोसँग नचलाएको, जनतामा लोकप्रिय नभएको जस्ता आरोपहरू सांसदहरूले थपलियालाई ओलीको अगाडि लगाएका थिए । सांसदहरू बोल्न नपाउँदै ओलीले समेत थपलियालाई तारन्तार हप्काएका थिए । आफूमाथि अपमान भएको भन्दै थपलियाले ओली र सांसदहरूको प्रतिवाद गरिरहेका थिए ।

‘अति भएपछि जेएन कमरेड पनि बोल्न थाल्नुभयो, त्यसपछि गुण्डुमा जे भयो सामान्य मानवीयता पनि देखिएन,’ गुण्डुमा मध्यरातमा भएको छलफलमा सहभागी बागमती प्रदेशका एक सांसदले भने, ‘पञ्चायतमा जेल परेको, जीवनभर ओलीको साथमा रहेका जेएन कमेरेडलाई जुन अपमान र तिस्कार गरियो यसले एमालेमा ठूलो निराशा ल्याउँछ ।’

गत शुक्रबार एमालेको बागमती प्रदेश कमिटी र संसदीय दलसँग सामूहिक छलफल गरी संसदीय दलको नेतालाई नै मुख्यमन्त्री बनाउन ओली सहमत भएका थिए । एमाले र नेकपाका सांसदहरू मिल्दासमेत बागमतीमा सरकार गठन गर्न कठिनाइ रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई साथमा लिएर मात्र बहुमत पुग्ने अवस्थालाई एमालेभित्रबाट नै चलखेल भएको नेताहरूले बताउँदै आएका छन् । जसका कारण जगन्नाथ थपलियाले बागमती सरकार गठन प्रक्रिया अगाडि बढाउन सकेका थिएनन् ।

‘पूर्वराप्रपाका नेता किरण थापाले केपी ओलीको साथ पाएका कारण राप्रपाभित्रसमेत खेल्नुभयो’, बागमती प्रदेशका एक नेताले भने,‘राप्रपाका ६ जना सांसद गुण्डु गएर किरण थापालाई मुख्यमन्त्रीमा सहयोग गर्न तयार रहेको सुनाए, यसको वातावरण महेशजीले गर्नुभएको हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>