खेलकुद

मेस्सीलाई रामोशको अफर : मेरो घरमा बस्नु आउनुस्

Banner

एजेन्सी, साउन २९
सर्जियो रामोशले लियोनेल मेस्सीलाई परिवारसहित आफ्नो घरमा बस्न आउन अफर गरेका छन् । होटलमा बस्दा वाक्क भएको भए मेस्सीलाई आफ्नो घरमा आउन रामोशले अफर गरेका हुन् ।

ला लिगामा लामो समय चिर प्रतिद्वन्द्वी रहेका रियल म्याड्रिड र बार्सिलोनाका कप्तानद्वय अहिले पेरिस सेन्ट जर्मेनमा समकक्षी बनेका छन् । एल पाइसका अनुसार रामोशले आफ्नो समकक्षीलाई आफूसँगै बस्न अफर गरेका हुन् ।

स्थायी घर नभेटेसम्म मेस्सी ले रोयाल मोनेकाउ होटलमा बसिरहेका छन् । रामोश पनि सुरुमा त्यही होटलमा बसेका थिए । अहिले भने उनले एंखेल डि मारिया र मार्किन्होस बस्ने निउली–सर–सिइन क्षेत्रमा घर लिएर बसेका छन् ।

रामोशले मेस्सीलाई आफ्नो घरमा बस्न अफर गर्नुलाई दुई खेलाडीबीचको सम्बन्धमा नयाँ अध्यायको रूपमा हेरिएको छ । दुई खेलाडीलाई सँगै मैदानमा हेर्न भने फुटबल फ्यानहरूले केही समय पर्खनुपर्छ । तिघ्रामा चोटका कारण रामोश दुई महिना मैदानबाहिर रहेका छन् भने कोपा अमेरिका प्रतियोगितादेखि प्रशिक्षणमा नरहेका मेस्सी तत्कालै खेल्ने सम्भावना कम रहेको बताइएको छ । – डेली मेल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>