खेलकुद

युगान्डाका स्टार फुटबलर डेभिड ओवोरीको निधन

Banner

काम्पाला, साउन २१ –

युगान्डाका चर्चित फुटबल खेलाडी तथा एससी भिल्लाका कप्तान डेभिड ओवोरीको लुटपाटको क्रममा भएको हिंसात्मक आक्रमणपछि निधन भएको छ । स्थानीय प्रहरीका अनुसार मंगलबार राजधानी कम्पालामा ओवोरीमाथि संदिग्ध लुटेराहरूको समूहले आक्रमण गरेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार लुटेराहरूले उनको सामान लुट्ने प्रयास गर्दा उनले प्रतिरोध गरेका थिए । त्यसपछि आक्रमणकारीहरूले उनीमाथि हिंसात्मक हमला गरेका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार हमलाकारीहरूले ढुंगाले प्रहार गर्दा ओवोरी गम्भीर रूपमा घाइते भएका थिए । आक्रमणपछि उनी घटनास्थलमै अचेत अवस्थामा भेटिएका थिए भने लुटेराहरू उनको सामान लिएर फरार भएका थिए । स्थानीय बासिन्दाले उनलाई तत्काल नजिकैको स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए । त्यहाँबाट थप उपचारका लागि कम्पालास्थित एक निजी अस्पतालमा रेफर गरिएको थियो। चिकित्सकहरूले उनको ज्यान बचाउन प्रयास गरे पनि उपचारकै क्रममा बुधबार उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

२७ वर्षिय डेभिड ओवोरी युगान्डाको शीर्ष डिभिजन ‘युगान्डा प्रिमियर लिग’ अन्तर्गतको सफल क्लब ‘एससी भिल्ला’का कप्तान थिए । उनी टोलीका महत्वपूर्ण रक्षात्मक खेलाडीका रूपमा चिनिन्थे । ओवोरीले मुख्य रूपमा राइट–ब्याक र मिडफिल्डर दुवै भूमिकामा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। क्लब फुटबलसँगै उनले युगान्डाको राष्ट्रिय फुटबल टोली द क्रेन्सको पनि प्रतिनिधित्व गरेका थिए ।

नेतृत्व क्षमता, मेहनत र अनुशासनका कारण उनी समर्थक र सहकर्मी खेलाडीहरूमाझ निकै लोकप्रिय थिए । ओवोरीको निधनपछि एससी भिल्लाले आधिकारिक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>