अन्तर्राष्ट्रिय

युक्रेनद्धारा भारतलाई स्वास्थ्य सामाग्री सहायता

Banner

नयाँ दिल्ली, साउन २६ –

कोभिड १९ माहामारी बिरुद्ध युक्रेनले भारतलाई स्वास्थ्य सामाग्री सहायता गरेको छ। युक्रेनले पछिल्लो समय एक सय चौरासी वटा अक्सिजन कन्सन्ट्रेटरहरु भारतमा पठाएको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहरको संकटको समयमा युक्रेनले अक्सिजन कन्सन्ट्रेटरहरु पठाएको हो ।

अक्सिजन कन्टन्ट्रेटर आपुर्ति भएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले युक्रेनलाई धन्यबाद दिँदै ट्विईट गरेका छन् । भारतमा कोरोना संक्रमणको दोस्रो लहरको संकटमा विभिन्न मुलुकहरुले स्वास्थ्य सामाग्री सहायता गरिरहेका छन् ।

अमेरिका, बेलायत, क्यानडा, जर्मनी , फ्रान्स लगायत मुलुकले अक्सिजन, भेन्टिलेटर, पीपीई तथा खोपको कच्चा सामाग्रीहरु भारतलाई सहायता गरिरहेका छन् । स्रोतःहिन्दुस्तान टाईम्स

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>