वागमती

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जना पक्राउ

Banner

काठमाडौं,साउन २३-

काठमाडौंमा खसीको मासु भनि बाख्रीको मासु बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। भारत बिहार घर भइ कलंकी खसीबजारमा मासु पसल सञ्चालन गर्दै आएका उनीहरुलाई पक्राउ गरिएको कालिमाटी वृत्तका डिएसपी अपिल बोहराले जानकारी दिए। पक्राउ पर्नेमा भारत बिहारस्थित बाहराइज घर भई खसीबजार बस्ने वर्ष ६७ का गुलाम रसोल क्रोसिल सोही स्थानका वर्ष २५ का जविर क्रोसिल, वर्ष २१ का जाविर क्रोसिल र वर्ष ५० को मटान पुरेसी रहेका छन्।

खसीबजारमा जिउँदो खसी बेच्ने प्रायोजनार्थ राखेको मासु पसलमा खसीको मासुसँगै बाख्री भनि पहिचान खुल्ने अङ्गहरु लुकाइ खसिको मासुमा मिसाइ बेच्ने गरेको सूचनाका आधारमा शनिबार विहान प्रहरी टोली उक्त पसलमा पुगेको थियो। प्रहरी पुग्दा विक्रीवितरणका राखिएको बाख्री १५ वटा र खसीको मासु भनी बेच्नको लागि तयार गरिएका २ वटा तयारी मासुसमेत बरामद गरिएको उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>