Uncategorized

सेन्चुरी बैँकद्वारा अध्यक्ष श्रेष्ठको  भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त

Banner

 

चितवन, साउन २०

सेञ्चुरी कमर्सियल बैंकले बैँकका अध्यक्ष राजेशकुमार श्रेष्ठको बारेमा अनलाइनहरुमा आएको  भ्रामक र कपोकल्पित समाचारप्रति खेद व्यक्त गरेको छ ।

बैँकले आज एक विज्ञप्ति प्रेषित गर्दै अनलाइन सञ्चार माध्यममा समाचार प्रेषित भएको प्रति बैँकको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो  । विज्ञप्तिमा भनिएको छ , ‘यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंक खेद व्यक्त गर्न चाहन्छ ।’

 

बैंकको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा प्रकाशित गर्नसमेत सम्पूर्ण संचारमध्यमलाई बैँकले विज्ञप्तिमा अनुरोध गरेको छ । यस बैँकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेकोले बैँक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकतासँगको समन्वयमा आवश्यक काम कारबाही अघि बढिरहेको जनाएको छ ।  छिट्टैै यस मुद्दाको फैसला आउनेमा बैँक विश्वस्त समेत रहेको बैँकले विज्ञप्तिमा जनाएको छ । अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्दामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनिय  र कानून संगत नभएको बैँकको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>