समाज
पोखरामा गोरु काटेको अभियोगमा छ पक्राउ
०
पोखरा,साउन १९-
कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार पशुपक्षीसम्बन्धी कसूर गरेको आरोपमा निजहरुलाई जिल्ला अदालतबाट नौ दिने म्याद लिइ अनुसन्धान थालिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























