चितवन विशेष

खाली ग्यास सिलिण्डर सडकमा राखेर चितवनमा विद्यार्थी संगठनको बिरोध प्रदर्शन

Banner

चितवन, साउन २३–

चितवनमा विद्यार्थी संगठनहरुले ग्यास आपूर्ती सहज नभएको भन्दै बिरोध प्रदर्शन गरेका छन् । अखिल (क्रान्तिकारी) चितवनले आज (शनिबार) भरतपुरको चौविसकोठीमा खाली ग्यास सिलिण्डर गुडाउँदै बिरोध प्रदर्शन गरेको हो ।

जनतालाई चुल्हो बाल्न देउ, भात पकाएर खान देउ लगायतका नारा लगाउँदै उनीहरुले सरकारको बिरोध गरेका हुन् । उनीहरुले ग्यास मात्र नभई किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने, अस्पतालहरुमा सहज रुपमा उपचार पाउनु पर्नेलगायतका नारा लगाएका थिए ।

अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष सुशील कार्कीले जनता एउटा सिलिण्डर लिनका लागि लाइनमा बस्नु पर्ने बाध्यतामा रहेकाले बिरोध स्वरुप खाली सिलिण्डर सडकमा ल्याएर प्रदर्शन गरिएको बताए । अहिले चितवनसहित देशैभर ग्यासको अभाव छ । ग्यास उद्योग, डिलर अगाडि सर्वसाधरणहरु खाली सिलिण्डर लिएर एक सातासम्म लाइनमा बस्नुपर्ने बाध्यता छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>