देश/प्रदेश

पानी भर्न गएका बालकको चट्याङ लागेर मृत्यु, सर्तक रहन आग्रह

Banner

बैतडी, साउन १९ –

चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै पानी भर्न गएका एक अर्का बालिका भने सकुशुल रहेका छन् । घटनास्थलमै रहेको शवको परीक्षण आज गरिने प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>