लुम्बिनी

एमालेमै फर्किएकी लुम्बिनी प्रदेश सांसद ओलीलाई माओवादीले कारबाही गर्ने

Banner

काठमाडौं,साउन २८-

केही दिन सम्पर्क विहीन रहेर नेकपा एमालेतर्फ खुलेकी लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) विमला खत्री ओलीलाई नेकपा माओवादी केन्द्रले कारबाही गर्ने भएको छ। माओवादी केन्द्रकै सांसदका रुपमा प्रदेश सभामा प्रतिनिधित्व रहेको अवस्थामा ओलीले अर्को पार्टी (एमालें)मा प्रवेश गरेको विषय सार्वजनिक भएको भन्दै माओवादी केन्द्रले उनलाई कारबाही गर्ने तयारी गरेको हो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारका रुपमा दाङ क्षेत्र नम्बर ३ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित ओलीले सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलानुसार नेकपा विभाजित भएको केही समयपछि माओवादी केन्द्र रोजेकी थिइन्।

ओलीले पत्रकार सम्मेलन नै गरेर दुवै पार्टी एक हुँदा नेकपाबाट चुनाव जितेको र माओवादीबाटै बढी सहयोग पाएकाले माओवादी रोजेको बताएकी थिइन्। जसअनुसार माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलले ओली आफूहरुको सांसद रहेको भन्दै प्रदेश सभा सचिवालयमा जानकारी गराएको थियो। तर, लुम्बिनीमा पुनस् सरकार फेरबदलको रस्साकस्सी सुरु भएपछि ओली एमालेतर्फ खुलेकी हुन्।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका उपनेता कृष्णध्वज खड्काले ओली आफूहरुको सांसद भएको र अहिले दल परिवर्तन गरेको भनेर विज्ञप्ती निकालेकाले सांसद पदबाट कारबाही गरिने बताए। सांसद ओलीका विषयमा छानबिन गर्न माओवादीले तीन सदस्यीय कार्यदल समेत बनाएको खड्काले बताए। छानबिन समितिले छानबिन सकेर प्रतिवेदन बुझाएलगत्तै ओलीलाई सांसद पदबाट कारबाही गरिने खड्काको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>