लुम्बिनी

विमला ओली फेरि एमालेतिरै

Banner

काठमाडौं,साउन १९ –

माओवादी केन्द्रले सम्पर्कविहीन भएकी भनिएकी लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) विमला खत्री ओलीले आफू नेकपा एमालेमा रहेको भन्दै विज्ञप्ती जारी गरेकी छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी ओली सर्वोच्च अदालतको फैसलानुसार पार्टी विभाजन भएको केही समयपछि माओवादी केन्द्रतिर लागेकी थिइन्।

ओलीले पत्रकार सम्मेलन नै गरेर दुवै पार्टी एक हुँदा नेकपाबाट चुनाव जितेको र माओवादीबाटै बढी सहयोग पाएकाले माओवादी रोजेको बताएकी थिइन्। तर, लुम्बिनीमा पुनः सरकार फेरबदलको रस्साकस्सी सुरु भएपछि ओली एमालेतर्फ खुलेकी हुन्। २०७४ सालको प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्रनम्बर ३ (ख)बाट निर्वाचित उत्तर कुमार ओलीको निधन भएपछि उपनिर्वाचन हुँदा उत्तरकी श्रीमती विमला नेकपा उम्मेदवारको रुपमा निर्वाचनमा उठेकी थिइन्।

नेकपामा हुँदा आफूले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चुनाव चिह्न एमालेको भएको हुँदा माओवादी रोज्ने कुरा कानुनी रुपमा ठिक नभएकाले आफू एमालेमै रहेको विमलाको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>