देश/प्रदेश

अर्थमन्त्री शर्मा भन्छन्, ‘सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्ध छ’

Banner

काठमाडौँ, साउन १८ –

अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा उहाँले भन्नुभयो, “वर्तमान सरकार र सत्तारुढ गठबन्धन प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा दृढतापूर्वक उभिन्छ ।”

मन्त्री शर्माले कोभिड–१९ महामारीमा मिडिया क्षेत्रले भोग्नु परेको आर्थिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोभिडका कारण बन्द हुने अवस्थामा पुगेका साना तथा मझौला मिडियालाई जोगाउने गरी सो क्षेत्रको सुझावका आधारमा राहतको व्यवस्था गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यति बेला मुख्य गरी श्रमिक वर्ग मर्कामा परेको छ, रोजगारी खोसिएको छ, त्यसलाई सामूहिक छलफलबाट समाधान गर्नुपर्छ ।”

मन्त्री शर्माले विगतका सरकारले मिडियाबारे गरेको व्यवस्थालाई कार्यान्वयन गर्ने र मिडियाबारे ऐन÷कानुन, संस्थागत संरचना, क्षमता र परिणाममा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले कोरोनाको बहानामा सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, रोजगारीबाट वञ्चित गर्ने र तलब नदिने जस्ता समस्या देखिएको बताउँदै मिडियाले भोगिरहेको आर्थिक सङ्कट समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । सरकारले उपलब्ध गराउने विज्ञापनमा साना र ठूला सबै मिडियाको पहँुच हुनुपर्ने तथा मिडियासम्बन्धी ऐन सञ्चारमैत्री हुनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>