देश/प्रदेश

सुजिताको हत्या आरोपमा उनकै बाबु पक्राउ

Banner

जनकपुरधाम, साउन १८ –

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले उनका बाबु कामेश्वर पाण्डेलाई पक्राउ गरेको छ ।

जेठ २० गते राति भएको सुजिताको हत्यामा बाबुको संलग्नता देखिने केही प्रमाण फेला परेपछि प्रहरीले उनका बाबुलाई पनि पक्राउ गरेको हो । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले सुजिताका बाबुले उनको हत्याका लागि देवर रुपेशलाई उक्साएको तथ्य फेला पारेका थिए । सुजिताको हत्यापछि देवर रुपेशले जेठ २५ गते सुजिताका बाबु कामेश्वरलाई जानकारी समेत गराएको पाइएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>