देश/प्रदेश

मंसिरदेखि जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेशी तोकिने

Banner

काठमाडौं, साउन १७ –

अब उच्च अदालत र जिल्ला अदालतहरूमा मंसिरदेखि गोलाप्रथाद्वारा पेशी तोकिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गएको वर्ष न्यायापालिकामा हुने विकृति विसंगति अनियमिता भ्रष्टाचार र बिचौलियाको चलखेल रोकथामका उपाय पत्ता लगाउन भन्दै न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा एउटा समिति गठन गरेका थिए।

सोही समितिले जिल्लामा सुरूदेखि अन्तिमसम्म एउटै न्यायाधीशलाई मुद्दा तोक्ने प्रणाली, उच्च र सर्वोच्च अदालतसम्मको पेशी व्यवस्थापनलाई फेर्न सुझाएको थियो। अदालतहरूलाई स्वचालित पेशी सूची प्रणालीमा लैजान र त्यस्तो व्यवस्था नहुन्जेल गोलाप्रथाबाट पेशी तोक्न समितिले सुझाव दिएका थिए ।

त्यही सुझाव अनुसार उच्च अदालत र जिल्ला अदालतहरूमा गोलाप्रथाबाट पेशी तोक्ने तयारी थालेको प्रवक्ता बाबुराम दाहालले विज्ञप्तिमा उल्लेख गरेका छन्। समितिले सर्वोच्चमा पनि अटोमेसनमा नजाउञ्जेल गोलाप्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो। सर्वोच्च अदालतका अनुसार उक्त प्रतिवेदनले दिएको न्याय परिषद्सम्बन्धी सुझाव कार्यान्वयनका लागि आज न्याय परिषद् सचिवालयमा पठाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>