चितवन विशेष
संरक्षणमा टेवा पुर्याए बापत पत्रकारद्धय जोशी र पौडेल नगदसहित सम्मानित

चितवन, साउन १४–
चितवनका पत्रकारद्धय इश्वर कुमार जोशी र रमेश कुमार पौडेल सम्मानित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज (बिहीबार) विश्व बाघ दिवसको अवसरमा पत्रकारद्धय जोशी र पौडेललाई नगदसहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले पौडेल र जोशीलाई जनही नगद १० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरे । निकुञ्जले संचारमाध्यममार्फत संरक्षणमा टेवा पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
पत्रकार जोशी बिबिसी नेपाली सेवा र नेपाल टेलिभिजन चितवन संवाददाता हुन् भने पौडेल कान्तिपुर दैनिकका चितवन संवाददाता हुन् । उनीहरुले लामो समयदेखि संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
यस्तै निकुञ्जले संरक्षणमा टेवा पुर्याए बापत अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई पनि सम्मान गरेको थियो ।
























