चितवन विशेष

डोलराजसहित चार जनालाई युवा पत्रकारिता पुरस्कार

Banner

चितवन, असार ३० –

चितवन र नवलपुरमा पत्रकारिता गर्दै आएका डोलराज रानाभाटसहित चार जनालाई युवा पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट आह्वान गरेको मनोनयनबाट मन्त्रालयको मूल्याङ्कन समितिले रानाभाटसहित चार जनालाई आज उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि प्रति व्यक्ति रु ५० हजार रहेको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले दोसल्ला र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेका थिए । युवा पत्रकारिता पुरस्कारको कार्यविधि अनुसार एक महिला सहित चार जनालाई उक्त पुरस्कार प्रदान गरिएको हो । १० वर्ष पहिले रेडियो पत्रकारिताबाट प्रवेश गरेका रानाभाट इमेज च्यानलको चितवन संवाददाता पनि रहेका छन् । रानाभाट सहित अर्घाखाचीबाट राधा नेपाली, धनुषाबाट शिव अधिकारी र सिरहबाट अजय शाह छनौटमा परी पुरस्कृत भएका छन् ।

युवाहरुको सवालमा कलम र क्यामेरा चलाउने पत्रकारहरुलाई थप प्रेरणा मिल्ने उद्देश्यले मन्त्रालयले वर्षेनी यो पुरस्कार दिँदै आएको सचिव न्यौपानेले बताए । कार्यक्रममा उपसचिव वन्दना झा, शाखा अधिकृत राजेश गौतम लगायतको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>