विशेष

बालिकालाई करणी गरेको अभियोगमा आँखाको डाक्टर पक्राउ

Banner

मोरङ, असार २६ –

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा मोरङ पथरी शनिश्चरे नगरपालिका १ दृष्टि चश्मा घरमा कार्यरत राजेश साह पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार साह सप्तरीका हुन्। साहविरूद्ध जबरजस्ती करणी मुद्दामा पीडित पक्षले किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको हो । साह र पीडित बालिकाको परिवार एउटै घरमा भाडामा बस्दै आएका थिए। साहले आफूलाई आँखाको डाक्टर भन्ने गरेका छन्। तर, उनी डाक्टर हुन् होइनन् भन्ने पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

घरमा नभएको बेला साहले ती बालिकालाई अश्लिल भिडियो देखाउँदै जबरजस्ती करणी गरेको प्रहरीले बताएका छन् । बालिकाले परिवारलाई सुनाएपछि अभिभावकको उजुरीको आधारमा मंगलबार इलाका प्रहरी कार्यालय पथरीले डाक्टरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए । उनका अनुसार बालिकाको स्वास्थ्य परीक्षणपछि साहलाई जबरजस्ती करणीमा अनुसन्धान थालिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>