विशेष

१२ कक्षाको नतिजा साउन अन्तिममा सार्वजनिक गर्ने तयारी

Banner

काठमाडौं,साउन ५-

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ । क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षा ढिलागरी भएकाले नतिजा पनि १० दिन ढिला सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । ‘उत्तर पुस्तिका परीक्षणको काम सकिएको छ । अहिले इन्ट्रीको काम धामधम भइरहेको छ । नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी छ,’ उनले भने ।

बोर्डका अनुसार परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>