चितवन विशेष
नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा
०
चितवन, असार २३ –
नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रुपमा संचालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको थियो । बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको पनि लगातार पहिरो खसेपछि दुईतर्फी संचालनमा समस्या भएको थियो । पहिरो र ढुङ्गा खस्ने क्रम रोकिएको र पहिरो पन्छाएका कारण बेलुका सात बजेपछि दुईतर्फी सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकोमा पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन । पहिरोले सयौँ सवारी साधन रोकिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>