खैरहनी

खैरहनीमा अपांगता भएका १२ जनालार्ई ह्वील चियर

Banner

चितवन, असार २३–

चितवनको खैरहनी नगरपालिकाले अपागंता (फरक क्षमता) भएका व्यक्तिहरुलाई ह्वील चियर प्रदान गरेको छ । हिडडुलमा समस्या रहेका १२ जना त्यस्ता लक्षित व्यक्तीहरुलाई मंगलवार ह्वील चियर सहयोग गरिएको हो ।

बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद खनाल, नगर प्रमुख लालमणि चौधरी र उपप्रमुख सुनिता थपलियाले संयुक्त रुपमा उनीहरुलाई ह्वील चियर हस्तान्तरण गरेका थिए । नगर भित्रका ती लक्षित व्यक्तीहरुको अवस्था बुझेर उनीहरुलाई सहयोग गरिएको नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले जानकारी दिईन् । सो अवसरमा प्रदेश सभा सदस्य खनालले फरक क्षमता भएका व्यक्तीहरुलाई हेला गर्न नहुनेमा जोड दिदै उनीहरुले पनि समाज परिवर्तनमा लाग्न सक्छु भन्ने मनो भावना लिएर अगाडी बढ्नु पर्ने बताए । नगर प्रमुख चौधरीले अपागंता प्राकृतिक कारणले हुने भएकाले त्यस्ता व्यक्तीहरुलाई सम्मान ,इज्जत र संरक्षण गर्नु पर्नेमा जोड दिए । फरक क्षमता भएका व्यक्तीहरुको व्यक्तिगत विकास, क्षमता अभिवृद्धी लगायतका लागि योजना बनाएर आएमा नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख चौधरीले बताए ।

यसैबीच खैरहनी नगरपालिकामा अपागंता भएका व्यक्तीहरु संगठित भएका छन् । नगरपालिमा भएको उनीहरुको भेलाले गोविन्द वहादुर थापाको अध्यक्षतामा नगर स्तरीय अपांग उत्थान समिति गठन गरेको नगरपालिकाको महिला तथा बालबालिका शाखा उपप्रमुख विमला रानाभाटले जानकारी दिईन् । समितिको उपाध्यक्षमा दिपेन्द्र शर्मा, सचिवमा दिपक न्यौपाने, कोषाध्यक्षमा मधुसुदन न्युरे, सहसचिवमा कल्पना केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा इश्वरी आचार्य, दुर्गा बहादुर भुजेल, हस्तबहादुर गुरुङ, कृष्णबाबु भुर्तेल, राधिका भण्डारी, विकनी चौधरी, शोभा चौधरी र सम्झना खरेल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>