Breaking News
नारायणगढ–मुग्लिन सडक खण्डमा निरन्तर पहिरो, भोलि बिहानसम्म नखुल्ने
०

चितवन, असार २२–
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ ।
पहिरोको कारण सडक पटक–पटक अबरुद्ध हुँदै आएको छ । पछिल्लो सोमबार रातिदेखि अवरुद्ध सडक आज (मंगलबार)सम्म पनि पूर्ण रुपमा संचालनमा आउन सकेन । अहिले पनि यस सडक खण्डको सेती दोभानलगायतका ठाउँमा निरन्तर पहिरो खसिरहेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भोलि (बुधबार) विहानसम्मका सडक अवरुद्ध नै रहेको जानकारी दिए । उनले भने–‘अहिले पनि पहिरो खसिरहेको छ, रातको समयमा काम गर्न गाह्रो छ, भोलि विहानबाट मात्र पहिरो पन्छ्याउने काम हुन्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























