Breaking News

नेपालमा थप २२२९ जना कोरोना संक्रमित, ३४ जनाको मृत्यु

Banner

काठमाडौं, असार १८-

पछिल्लो २४ घण्टामा २ हजार २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १ हजार ३९१ जनामा र एन्टिजेन विधिबाट ९ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोन संक्रमणबाट ३ हजार ४५१ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ६ लाख ३ हजार ६०० जना रहेको छ । आज कोरोन संक्रमणबाट मुक्त हुने दर ९४ प्रतिशत रहेको छ ।

आज कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १७९ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>