खैरहनी

चितवनको कयरखोलाले बगाएका दुई व्यक्तिको उद्धार

Banner

चितवन,असार १७-

पूर्वी चितवनको कयरखोलाले बगाएका दुई व्यक्तिको सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक पुरुष र एक महिलालाई पनि बगाएको थियो । खोलाले स्कुटरसहित मान्छे बगाएपछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो ।

स्कुटर भने खोलाले बगाएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरुलाई खोलाले आज बिहान ८ः३० बजे बगाएको थियो । खोलाबाट उद्धार गरेसँगै उनीहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>