कालिका

मदन आश्रित स्मृति भवन कालिकामा जेएन थपलियाले गरे वृक्षरोपण

Banner

चितवन, असार १४
मदन आश्रित स्मृति भवन कालिका नगरपालिकामा वृक्षरोपण तथा सरसफाइ गरिएको छ । ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्ट एकेडमीको आयोजनामा एक कार्यक्रमका बीच वृक्षरोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार जेएन थपिलयाले वृक्षरोपणको सुरुवात गरेका थिए ।

वृक्षरोपण कार्यक्रममा बोल्दै थपलियाले केही नेताहरुको राजनैतिक कुण्ठाका कारण नेकपा एमाले विभाजनको बाटोमा पुगेको बताएका छन् । उनले आफ्नै पार्टीका अध्यक्षको विरुद्धमा विपक्षीसँग गठबन्धन बनाएर माधव नेपाल पक्षले ठूलो गल्ति गरेको बताए ।

मदन भण्डारीको सपना पूरा गर्न सबै एमालेका नेताहरु एकतृत हुनुपर्ने थपलियाको भनाइ छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनका उपाध्यक्ष शिला बस्नेतले सञ्चालन गरेको कार्यक्रममा एमालेका नेता कमल पाठक, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, एमाले चितवनका सदस्य हिम्मत पूरी, युवा संघका केन्द्रीय सदस्य लक्ष्मण पौडेल, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश कलाखेती, मदन भण्डारी फाउण्डेशनका जिल्ला सदस्य किशोरबाबु पूरी, कालिका ३ का वडाध्यक्ष टिका रिजाल, अनेरास्वीयुका जिल्ला नेता प्रताप उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>