कर्णाली

कालीकोटमा जिससले थाल्यो योजना अनुगमनको काम

Banner

कालीकोट,असार १४ –

जिल्ला समन्वय समिति कालीकोटले चालु आव २०७७/७८ का स्थानीय तह, प्रदेश र सङ्घीय विकास निर्माणका योजनाको अनुगमन शुरु गरेको छ । जिल्लाका नौवटै स्थानीय तहमा सञ्चालित स्थानीय तह, प्रदेश र सङ्घका विकास निर्माणका योजनाको अनुगमन शुरु गरिएको हो ।

जिल्लामा सञ्चालित स्थानीय तह, प्रदेश र सङ्घका विकास निर्माणका योजनाको गुणस्तर, कामको प्रभावकारिता विषयमा अनुगमन थालिएको जिल्ला समन्वय अधिकारी चक्रबहादुर शाहीले बताउनुभयो । “जिल्लाभर चालू आवका सञ्चालनमा रहेका योजनाको अनुगमन थालिएको छ”, उहाँले भन्नुभयो, “कामको प्रभावकारिता, गुणस्तर र कामको हालको अवस्थाका विषयमा अनुगमन गरिनेछ ।”

तीनै तहका योजनाको गुणस्तरीय भए/नभएका बारे स्थलगत रुपमा निरीक्षण गरेर कार्यसम्पादन मूल्याङ्कनका आधारमा योजनाको प्रतिवेदन तयार पारिने त्यसैका आधारमा भुक्तानी दिन सम्बन्धित पक्षलाई सिफारिस गरिने समन्वय अधिकारी शाहीले बताउनुभयो ।

जिल्लाका विभिन्न आयोजना रहेका र त्यसको अनुगमन मूल्याङ्कन नै नगरी भुक्तानी लिँदा गुणस्तरीय काम नभएर कुनै योजना भुक्तानी लिएकै दिनबाट नराम्रो काम भएको जनगुनासो सुनिन थालेपछि योजनाको अनुगमन गर्न थालिएको समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>