कर्णाली
महाबु गाउँपालिकाको प्राथमिकतामा शिक्षा, कृषि, सडक र खानेपानी
०
दैलेख,असार ११-
भौगोलिकरुपमा विकट महाबु गाउँपालिकाले विकास र समृद्धिको नारा बोकेर आगामी आर्थिक वर्षका लागि रु ३९ करोड ४८ लाख १५ हजार बराबरको बजेट विनियोजन गरेको छ । नवौंँ गाउँसभामा पेश गरिएको बजेटमा शिक्षा, कृषि, सडक, र खानेपानीलाई प्राथमिकतामा राखिएको छ । सोमध्ये पूँजीगततर्फ रु १० करोड नौ लाख र चालुतर्फ रु सात करोड २४ लाख बराबर बजेट विनियोजन गरिएको छ ।
उपाध्यक्ष प्रेमकुमारी बुढाले प्रस्तुत गरेको बजेट मन्तव्यमा पालिकाका सबै सडक स्तरोन्नति गरिने उल्लेख छ । शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माणलगायत भौतिक संरचना बनाइने भनिएको छ । खानेपानीका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण अभियानलाई निरन्तरता दिइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























