चितवन विशेष

भरतपुरका तेस्रोलिंगीहरुलाई लियो क्लव अफ भरतपुर युथको खाद्यान्न सहयोग

Banner

चितवन, असार ५-

लियो क्लव अफ भरतपुर युथले भरतपुरका तेस्रोलिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) हरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुरका ५८ तेस्रोलिंगीहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

निषेधाज्ञाको समयमा तेस्रोलिंगीहरुलाई खाद्यान्नको समस्या भएको समाचार नारायणी अनलाइनले प्रशारण गरेपछि समाजिक अभियान्ताहरुको ध्यान केन्द्रित भएको हो । लियो क्लव अफ भरतपुर युथका ब्राण्ड एम्बेष्टर डा सुवास बस्नेतले आर्थिक रकम जुटाएपछि लियो क्लव अफ भरतपुर युथले खाद्यान्न वितरण गरेको हो । आफ्नो जन्मदिनको अवसरमा सामाजिक अभियान्ता पवित्रा थापाले पनि विशेष सहयोग गरेकी थिइन् ।

लियो क्लव अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले प्रत्येकलाई १५ केजीको एक बोरा चामलसहित दाल, तेल, नुन, मसलालगायतका खाद्यान्न सामग्री वितरण गरिएको जनाए । यस्तै प्रत्येकलाई १ हजार रुपैयाँ नगद पनि प्रदान गरिएको ज्ञवालीले बताए ।

खाद्यान्न वितरण कार्यक्रममा क्लवका ब्राण्ड एम्बेसष्टर डा बस्नेतले खाद्यान्न सामग्री वितरणका लागि आर्थिक सहयोग गर्नेहरुपति आभार प्रकट गर्दै वितरण कार्यमा खटिएका लियोहरुको प्रसंशा गरेका थिए । उनले लियोका भाईहरुको सहयोगी भावना र मिहिनेतको प्रसंशा गर्दै क्लवका लागि आगामी दिनमा पनि सहयोग जुटाउन सहयोग गर्ने बताए ।

क्लवका प्रथम उपाध्यक्ष गौरव उपाध्यायको संयोजकत्मा सम्पन्न खाद्यान्न वितरण कार्यक्रम गणेस्थान, पोखरा बसपार्क र पुलचोकमा गरिएको थियो । सामाजिक कार्यमा सक्रिय रहेको क्लवले निषेधज्ञाका बेला हप्तैपिच्छे खाद्यान्न वितरण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>