खैरहनी

चितवनको खैरहनीबाट ५ जना जुवाडे पक्राउ

Banner

चितवन, असार ९-

पूर्वीचितवनको खैरहनीमा जुवा खेल्ने पाँचजना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर २ स्थित राप्ती अटो वर्कशपको माथिल्लो तलामा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको । सोमबार दिउँसो पक्राउ परेकाहरुबाट प्रहरीले ९२ हजार ६ सय ६५ रुपैयाँ बरामद गरेको छ ।

उक्त वर्कशपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनी बाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ठाउंबाट नगद र तास सहित नियन्त्रणमा लिएको हो । प्रहरीले खैरहनी नगरपालिका वडा नम्बर १ निवासी बर्ष ४३ को चन्द्रप्रसाद श्रेष्ठ , खैरहनी १ कै ३५ बर्षिय हरिशरण तिमिल्सिना , राप्ती नगरपालिका वडा नम्बर ५ निवासी बर्ष २८ को दिपेश बर्तौला , राप्ती ८ का बर्ष ३९ को सुदिप गिरी र राप्ती ६ का बर्ष २४ को सन्दिप उप्रेतीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>