इच्छकामना

भरतपुरका युवाहरुले गरे इच्छाकामनाको माथिल्लो चनौटेमा राहत वितरण

Banner

भरतपुर, असार ७ –

भरतपुरका युवाहरुले इच्छाकामना गाँउपालिकामा राहत सहयोग गरेका छन् । भरतपुर महानगरपालिकामा बसोबास गर्ने युवाहरुले इच्छाकामना गाँउपािलका वडा नं ६ मा राहत वितरण गरेका हुन् । विकट स्थानमा रहेको माथिल्लो चनौटेमा बसोबास गर्ने ४६ परिवारहरुलाई युवाहरुले सहयोग गरेका हुन् । उनीहरुले गत शनिबार खाद्यान्न सामग्री वितरण गरेका थिए ।

बढ्दै गरेको कोभिड १९ महामारीको कारणले माथिल्लो चनौटेमा बसोबास गर्दै आएका बासिन्दाहरुले भोग्नुपरेका समस्याहरुलाई मध्यनजर गर्दै युवाहरुले सहयोग गरेका हुन् । निरन्तरको बर्षाको कारण बाटो बिग्रिदा समेत अपठ्यारो मोलेर युवाहरु उक्त ठाँउमा पुगेका थिए । महिला अधिकारकर्मी निशा सिंह परियार, सामाजिक अभियान्ता विकास विश्वकर्मा र जमुना परियारको विशेष पहलमा राहत बितरण गरिएको थियो ।

ईच्छाकामना गाँउपालिका वडा नं ६ का जनप्रतिनिधि रामजी घर्तीभुजेलको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । राहत वितरण कार्यक्रममा अनुपा तामाङ, कुरेश अहमद, बिनोद बाग्दास सहितको महत्वपूर्ण सहयोग रहेको सामाजिक अभियान्ता विकाश विश्वकर्माले जानकारी दिए । उनका अनुसार बितरण गरिएको राहत सहयोगमा चामल, दाल, आलु, तेल, चना, केराउ, चिउरा, सोयाबीन, नुहाउने डिटोल साबुन, लुगाधुने साबुन, जीवनजल, र माक्स लगायतका सामाग्रीहरु समावेश गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>