अन्तर्राष्ट्रिय

कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जित, उरुग्वे पराजित

Banner

काठमाडौं, असार ४ –

कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले पहिलो जित हासिल गरेको छ । शनिबार विहान भएको समूह ‘ए’ को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १(० गोलले पराजित गरेको हो।

अर्जेन्टिना यसअघि पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। शनिबार अर्जेन्टिनाको जितमा खेलको १३ मिनेटमा रोद्रिगेजले गरेको गोल निर्णायक सावित भयो । उनले मेसीले उपलब्ध गराएको क्रसमा हेडमार्फत गोल गरेका थिए।

जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। कोपा अमेरिकामा अर्जेन्टिना र उरुग्वेबीचको यो ३२ औं भिडन्त हो।

जसमा अर्जेन्टिनाले १४औं जित हात पारेको छ । उरुग्वेले १३ खेलमा जित हात पारेको छ। ५ खेल बराबरीमा सकिएका छन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>