इच्छकामना

चितवनको दारेचोक स्वास्थ्य चौकीलाई सांसद पोखरेलद्धारा स्वास्थ्य सामाग्री प्रदान

Banner

चितवन,असार ३-

चितवन क्षेत्र नं.२ का सांसद कृष्णभक्त पोखरेलले इच्छाकामना गाँउपालिका स्थित दारेचोक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन । आज गाउँपालिकाको कार्यालयमा पोखरेलले पालिका अध्यक्ष गीता गुरुङ मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

स्वास्थ्यकर्मीका लागि अत्यावश्यक पिपिई, मास्क, फेशसिल लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको सांसद पोखरेलले बताए । सो अवसरमा बोल्दै उनले कोरोनाको महामारिमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई राहत होस भन्ने उदेश्यले स्वास्थ्य सामाग्री प्रदान गरेको बताए । उनले संघिय सरकारको तर्फबाट स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्दै हरेक पालिकामा अस्पताल निर्माण सुरु गरेको जानकारी दिए ।

स्वास्थ्य सामाग्री प्रदान गरेकोमा गाँउपालिका अध्यक्ष गीता गुरुङले धन्यबाद ज्ञापन गरिन । सो अवसरमा नेकपाका नेता नारायण अधिकारी, एमाले इच्छाकामना गाँउपालिका इन्चार्ज दानबहादुर गुरुङ, एमाले इच्छाकामना गाँउपालिका अध्यक्ष कृष्ण सिलवाल लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>